काठमाडौँ, १९ फागुन । पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको अन्तिम श्रद्धाञ्जलीको लागि नेकपाको केन्द्रीय कार्यालय धुम्वाराहीमा राखिएको छ ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका नेता अधिकारीको श्रद्धाञ्जलीको लागि विशिष्ट व्यक्ति, नेता, कार्यकर्ता तथा शुभेच्छुकको भिड लागेको छ । पार्टी कार्यालयमा १२ बजेसम्म अन्तिम श्रद्धाञ्जली दिईने र त्यसपछि उहाँको पशुपति आर्यघाटमा आजै अन्तेष्टि गरिने भएको छ ।













प्रतिक्रिया दिनुहोस्