धनकुटा, १९ फागुन । धनकुटामा आफैंले बोकेको राइफल पड्किएर एक नेपाली सेनाको मृत्यु भएको छ ।
शनिबार राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोकेको एम १६ राइफलको गोली छातीमा गोली लागेर बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
गोली लागेर गम्भीर घाइते भएका जोशीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बन्दुक बोकाइको सन्तुलन नमिल्दा आफैं पड्किएर गोली लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्