काठमाडौं, १९ फागुन । भोली शिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषद्वारा तयारी सम्पन्न भएको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार चार शिवालय, वनकाली धर्मशालाको पर्खाल, वेद विद्याश्रमको पूर्वपट्टिको जमिन र वनकाली क्षेत्रहरूमा भक्तजनहरुका लागि भोजन शिविरहरुको व्यवस्था गरिएको जनाएको छ ।
साथै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । शिवरात्रिको पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि सवारी व्यवस्थापन योजना निर्माण गरेको हो ।













प्रतिक्रिया दिनुहोस्