सम्पादकीय

सहिदको नाममा १ अर्ब ८० करोड खर्च



सरकारले  एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता र सहिद घोषणा नाममा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबाट बाँडेको हो । त्यस्तै विदेश भ्रमणमा करिब २३ करोड रुपैयाँ खर्च भएको छ ।

सहायता माग्दै दर्ता भएका ३ हजारभन्दा बढी निवेदन अझै विचाराधीन रहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन् । द्वन्द्वपीडित, विपन्न, स्वास्थ्य उपचार र जीविकोर्पाजन समस्या देखाउँदै सहायता माग्ने गरको गृह मन्त्रालयले जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।