काठमाडौँ, २० फागुन । केहिदिन यता फेसबुक, ट्युटर लगायतका सामाजिक सञ्जाल बन्द गराउने भनने गलत सूचना प्रवाह गर्नेलाई कानुनी कारवाही हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कारवाही गर्न प्रक्रिया शुरु भैसकेको तथा सामाजिक सञ्जाल संचालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालवाट हटाउन अनुरोध गरेको छ । यस प्रकारको गलतरभ्रामक सूचना आ-आफ्नो सामाजिक संजाल खातावाट पोष्ट, रिपोष्ट, लाइक गरेको भए हटाउनरनगर्न समेत सम्वन्धित सवैलाई जानकारी गराएको छ ।











प्रतिक्रिया दिनुहोस्