काठमाडौँ, २० फागुन । आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो केही पहाडी भेगमा भने मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव कमजोर भएकाले ठूलो पानी वा हिमपात पर्ने सम्भावना भने देखिएको छैन । बुधबारदेखि फेरि अर्को नयाँ मौसमी प्रणाली भित्रिने हुनाले मौसम बदली भई पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्