समाचार

सेना दिवसमा ‘फ्रि-फल जम्प’ प्रर्दशनका क्रममा दुर्घटना



काठमाडौँ, २० फागुन । जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ ।

प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका हुन् । घाइते हुने सैनिकको परिचयबारे केही पनि बताइएको छैन । ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको हो । घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।

नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ । त्यही परम्पराअनुसार सैनिक परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा कार्यक्रम भएको छ ।