राजनीति

नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता



काठमाडौं, २१ फागुन । दुबै देशको मन्त्रिपरिषद बैठकले पारित गरेपछि नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ ।

मंगलबार अर्थमनत्रालयमा अर्थमन्त्री डा। युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले कर उन्मुक्ति सम्झौतामा हस्ताक्षर गरेका छन ।

उक्त  सम्झौता अनुसार  रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्तिमाथि सोही देशमा मात्रै कर तिर्दा हुन्छ । नेपाल बसेर आय आर्जन गर्ने बंगलादेशीले नेपालमा कर तिर्दा हुन्छ भने बंगलदशेमा बसेर आय गर्नेले उतै आय कर तिर्दा हुन्छ ।

लगानी लिएर आउने लगानीकर्ताहरुलाई यस्तो सम्झौताले आत्मबल र प्रेरणा दिने सरकारको अपेक्षा रहेको छ । पछिल्लो समयमा बंगलादशेबाट पनि नेपालमा कम्पनीहरु भित्रिन थालेका छन् ।

नेपमालले यसअघि १० देशसँग यस्तो समझौता गरिसकेको छ । बंगलादेश दोहोरो कर उन्मुक्ति सम्झौता भएको ११औं मुलुक हो । नेपालले भारत, चीन,  कोरिया, नर्वे, थाइल्यान्ड, श्रीलंका, मरिसस, अस्ट्रिया, पाकिस्तानसँग पनि यो सम्झौता गरेको छ ।