मनोरञ्जन

‘यात्रा’को ‘चट्ट रुमाल क्या मालुम’ गीत रिलिज (भिडियो सहित)



काठमाडौँ, २२  फागुन । सम्राट शाक्यको निर्देशनमा रहेको फिल्म यात्राको ‘चट्ट रुमाल क्या मालुम’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौँमा आयोजीत एक कार्यक्रमका गरि निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो । कार्यक्रममा पुराना सर्जकलाई कदरपत्र सहित सम्मान समेत गरिएको थियो ।

गीतमा बाबुराम दाहालको शब्द रचना तथा शम्भुजित बास्कोटाको संगीत रहेको छ साथै एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइको स्वर रहेको छ । गीतको भिडियोमा सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत, जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटाको अभिनय रहेको छ ।

आगामी चैत्र २९ गते रिलिज हुने फिल्ममा जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

सञ्जय लामाले छायांकन गरेको फिल्मलाई कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी रहेको छ । त्यस्तै बनिश शाहको सम्पादन रहेको फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

भिडियो