काठमाडौं, २२ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक पनि निजी क्षेत्रकै र उद्योग–व्यवसाय पनि निजी क्षेत्रकै रहेको बताउदै उनले बैंकर र उद्योगीबीचको पाखुरा सुर्कासुर्की आफूलाई मन नपरेको बताएका छन् ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बुधबार उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले ब्याजदरको विषयमा बैंकर र उद्योगीबीच पाखुरा सुर्कासुर्की चलिरहेको र आफूलाई मन नपरेको बताएका छन ।
उनले भने, ‘बैंक पनि निजी क्षेत्रकै, उद्योग–व्यवसाय पनि निजी क्षेत्रकै हो, निजी क्षेत्रको हकमा उद्योग वाणिज्य महासंघ छ, बसेर छलफल गर्नुहोस् न ।’ तपाईंहरुबीच भएको पाखुरा सुर्कासुर्की मलाई पटक्कै ठिक लागेको छैन ।’
निक्षेपको ब्याजदर धेरै हुँदा कर्जाको पनि बढ्दै गएको बताउदै उनले संस्थागत निक्षेपकर्ताहरुलाई पनि ब्याजदर धेरै नखोज्न आग्रह गरेका छन ।










प्रतिक्रिया दिनुहोस्