राजनीति

नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पतालमा भर्ना



काठमाडौं, २२ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना भएका छन् ।

बुधबार बिहान मानमोहन कार्डिओथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओली भर्ना भएका हुन । प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुपर्ने भएपनि समय नमिलेकाले अस्पताल गएको बताएका छन ।

प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागि अस्पताल गएको साथै आज दिनभर लाग्ने जनाएको छ । प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिब्या सिंहसहितको टोलीले चेकजाँच गर्नेछ ।