काठमाडौँ, २३ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र महतोले जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीमाथि अन्याय गरेको भन्दै उक्त फैसला विरुद्ध राष्ट्रिय विद्रो गर्ने चेतावनी दिनुभएको छ ।
नेता महतोले बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै अदालतको फैसलाले अन्यायमाथि अन्याय भएको टिप्पणी गर्नुभयो । नेता महतोले भन्नुभयो, ‘अब राष्ट्रिय विद्रोह हुन्छ, थारु, जनजाति मधेसी सबै मिलेर विद्रोह गर्छन् ।’
उहाँले आन्दोलनकारीलाई जेल जन्मकैद हुने भए प्रचण्ड, केपी ओली र गिरिजाप्रसाद कोइरालालाई जन्मकैद किन नभएको ? भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘रेशम चौधरी आन्दोलनकारी हो, आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्डलाई जन्मकैद किन भएन ? केपी ओलीलाई जन्मकैद किन भएन गिरिजाप्रसादलाई किन भएन ? ‘रिहा हुन कुनै खास जाति चाहिन्छ ? आजिवन जन्मकैदका लागि कुनै खास जतिको हुनुपर्ने ?’










प्रतिक्रिया दिनुहोस्