राजनीति

नेकपाद्वारा अधिकारी द्वयको संयुक्त श्रद्धाञ्जली सभा आज



काठमाडौँ, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना दुईजना नेताको सम्झनामा विहीबार काठमाडौँको भृकुटीमण्डपमा दिनको ठिक एक बजे संयुक्त श्रद्धान्जली सभा गर्दैछ ।

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धान्जली सभा गर्न लागेको नेकपाले जनाएको छ । भृकुटीमण्डपमा दिउँसो १ बजे सुरू हुने श्रद्धान्जलीसभामा नेकपाका दुवै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो ।