Banner News

नेपाल साँस्कृतिक विविधताले नेपालको पहिचान गर्छ : प्रम ओली



काठमाडौँ, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ ।

शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाती र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको बिषय भएको पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।

“नेपाल आफैंमा एउटा संग्राहलय हो । यस भूगोलमा यती धेरै साँस्कृति विविधता छ, जो अन्यत्र पाइदैन,” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “यी विविधतालाई संरक्षण गर्न सरकार सधैं सकारात्मक छ ।” प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ती र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ ।