समाचार

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४० प्रतिशतले घट्यो



काठमाडौं, २४ फागुन । चालु आर्थिक वर्ष २०७५र७६को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.८ प्रतिशतले घटेको देखाएको छ । नेपालीको प्रमुख श्रम गन्तब्य मलोसियाको रोजगारी आर्थिक वर्षको सुरुआतबाटै बन्द छ ।

६ महिनामा ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

साउनबाट पुससम्म पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.८ प्रतिशतले घटेको थियो ।