विश्व

‘देशको माटोलाई आतंकका लागि प्रयोग हुन दिन्नँ’ : पाकिस्तानी प्रधानमन्त्री



एजेन्सी, २५ फागुन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशको माटोलाई आतंकका लागि प्रयोग प्रयोग हुन नदिने बताएका छन् ।

सिन्धमा आयोजित एक कार्यक्रममा उनले भने, ‘घृणाको राजनीति मानिसहरुको भोटको लागि बाँड्न निकै सजिलो छ ।’ ‘नरेन्द्र मोदी यस्तै राजनीति गर्छन्– घृणा फैलाउने । यदि कोही नेताले यस्तो गर्छ भने उनको कार्यकर्ताले पनि यस्तै गर्नुपर्छ । पुलवामा हमलापछि भारतमा कश्मिरीहरुमाथि कस्तो व्यवहार गरियो, त्यो हामीले देखेका छौं ।’