Banner News

अदालतको निर्णयमा सरकारको कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री थापा



काठमाडौं, २५ फागुन । गृहमन्त्री राम बहादुर थापा बादलले अदालतको निर्णयमा सरकारको कुनै हस्तक्षेप नहुने बताएका छन  ।

सुर्खेतमा आयोजित सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री बादलले पत्रकारहरुसँग कुरा गर्दै रेशम चौधरीबारे पत्रकारले सोधेको प्रश्नमा उनले भने, त्यो अदालतको विषय हो, अदालतको निर्णयमा सरकारको कुनै हस्तक्षेप हुँदैन ।’

केही आपराधिक तत्वहरु शान्ति सुरक्षामा बाधक बन्न आएको भन्दै उनले भने, ‘केही संविधान विरोधी र शान्तिविरोधी तत्त्वहरुले छिटफूट रुपामा शान्ति सुरक्षामा अवरोध खडा गरेका छन्,  तिनलाई निस्तेज र नियन्त्रण गर्नेछौं ।’

बादलले विप्लव नेतृत्वको नेकपालाई संविधान मार्फत आफ्ना मागहरु राख्न आग्रह गर्दै यदि मूलधारमा नआए कानुन बमोजिम नियन्त्रण गर्ने चेतावनी दिएका छन् ।