काठमाडौँ, २५ फागुन । राष्ट्रिय सभाका सदस्य डा. विमला राई (पौडेल)ले शिक्षालाई गरिवीले छेक्न नसक्ने भन्दै मेहनत र लगाव नै शैक्षिक विकास र समृद्धिको आधार भएको बताउनु भएको छ ।
शनिवार काठमाडौँमा St. Paul Steiner Academy ले आयोजना गरेको अभिभावक दिवसको अवसरमा बोल्दै सांसद राईले जनचेतना तथा शिक्षाको अभावका कारण पछिल्लो समय देशमा हत्या, हिंसा, बलात्कार जस्ता अपराधिक कृयाकलापहरु बढेको बताउँदै आगामी दिनमा शिक्षाले समाजमा अपराधिक कृयाकलाप न्युनिकरण गर्ने हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभा सदस्य भवानी खापुङले शिक्षामा भएको वर्गिय खाडललाई अन्त्य गर्दै शिक्षामा सर्वसुलभ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उन्नती र प्रगतीमूलक शैक्षिक पद्धतिलाई अपनत्व गरी देशमा नै योग्य तथा दक्ष जनशक्ति निर्माण गर्दै रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष नारायण प्रसाद भण्डारी, स्कुल प्रमुख उपेन्द्र पौडेल, स्कुल व्यवस्थापन प्रमुख तेजबहादुर ढकाल, प्रिन्सिपल हरिप्रसाद ढकाल लगायतले आगामी दिनमा देशको आवश्यकता र विद्यार्थीको सुनौलो भविष्य निर्माणमा अभिभावकसँगको सहयोग र सहकार्यमा निरन्तर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हुने खाने र हुँदा खानेबीचको वर्गिय खाडलको अन्त्य गर्नुपर्नेमा जोड दिँदै St. Paul Steiner Academy को अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ ।
नेपालको शिक्षामा भएको धनि र गरिवबीचका मानिसले प्राप्त गर्ने शैक्षिक उपलब्धीको भिन्नता रहेको बताइएको छ । धनी परिवारका बालबालिकाले सानै उमेरदेखी नामी विद्यालयमा अध्ययन गर्ने तर गरिव परिवारका बालबालिकाले सामान्य विद्यालय पढ्नुपर्ने बाध्यताको अन्त्यको लागि उक्त विद्यालयले विशेष रुपमा भूमिका खेल्दै आएको बताइएको छ । उक्त विद्यालयमा हुने खाने र हुँदा खानेबीचको खाडल नभई समतामूलक शैक्षिक पद्धति रहेको बताइएको छ ।
विद्यालयले पाठ्यक्रममा आधारित सैद्धान्तिक कुराहरुलाई मात्र नभई २१औं शताब्दीको आवश्यकता र बाध्यता अनुसारको पठन पाठन गराइरहेको र आगामी दिनमा चाइना, जापान लगायतका शिक्षण पद्धति अनुसार विद्यालयको पठन पाठन अघि बढाइने समेत जानकारी गराइएको छ ।










प्रतिक्रिया दिनुहोस्