मनोरञ्जन

नायिका निरुता सिंहलाई डेंगु



काठमाडौं, २७ फागुन । नेपालकी चर्चित नायिका निरुता सिंहलाई डेंगु भएको खुलेको छ  ।

केही समय अगी बिरामी भएपछि मुम्बई पुगेकी उनलाई मुम्बइमा उपचार गर्दा डेंगु भएको खुलेको जनाइएको छ । नेपालमा फिल्म ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु भएको वुझिएको छ ।

निरुताले आफू अहिले उपचारको क्रममा रहेको र आफूलाई निकै डर लागेको उनी निकट चलचित्रकर्मीलाई बताएकी छिन् ।

‘दाल भात तरकारी’का निर्माता किरण केसीले निरुताले उक्त फिल्मको छायांकनको क्रममा पनि आफूलाई निकै जाडो भएको बताउने गरेको बताएका छन ।

उनी अभिनीत फिल्म ‘दाल भात तरकारी’ बैशाख १३ गतेबाट रिलिज हुँदैछ ।