समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



दोलखा, २७ फागुन । दोलखामा फ्रिजमा जोडेको करेन्ट सट भएर एक जनाको मृत्यु भएको छ ।

गएराति फ्रिजमा राखिएको मासु निकाल्ने क्रममा कालिञ्चोक गाउँपालिका—२, बाबरेका २९ वर्षीय मदन थामीको करेन्ट लागेर मृत्यु भएको  प्रहरीले जनाएको छ ।

थामीलार्ई करेन्ट लागेपछि उपचारको लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक थामी मासुको व्यवसाय गर्दै आएका थिए ।