एजेन्सी, २७ फागुन । जापानको फुकुओकामा बस्दै आएकी केन तनाकालाई विश्वकै बृद्धा महिलाको रुपमा दर्जा दिएको छ ।
केनको जन्म १९०३ को जनवरी २ मा भएको थियो । उनी २०१९ को मार्च ९ मा ११६ वर्ष ६६ दिन पुगेकी छन् । गिनिज वल्र्ड रेकर्डले आधिकारिक रुपमा उनलाई विश्वकै सर्वाधिक पाकि उमेरकी महिलाको दर्जा दिएको हो ।
यो भन्दा अघि केन ११६ वर्ष २८ दिन पुग्दा सर्वाधिक उमेरकी व्यक्तिको रुपमा सुपरसेन्ट्रियन भएको पुष्टि भएसगै केनलाई उनको घरमै प्रमाणपत्र दिइएको थियो ।
आफ्नो १९ औं जन्मदिनको ४ दिनपछि उनले १९२२ को जनवरी ६ मा हिदेओ तनाकासँग विवाह गरेकि थिइन् ।
प्रतिक्रिया दिनुहोस्