समाचार

वडा कार्यालयमा बम विस्फोट : ६ जना पक्राउ



चितवन, २९ फागुन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ ।

विस्फोट राति करिब १२ः३० बजे विष्फोट गराइएको थियो । विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको छ ।

विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ । प्रहरीले विप्लव निकट नेकपा माओवादीले विष्फोट गराएको अनुमान गरिएको छ ।