काठमाडौँ, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले विप्लप समूहको हत्या, हिंसा तथा लुटतान्त्रिक गतिविधि कुनै पनि हालतमा सहन नसक्ने भन्दै आवश्यक परे जस्तोसुकै प्रतिकार गर्न तयार रहेको बताउनुभएको छ ।
उहाँले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस जारी गर्दै राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय अखण्डताको रक्षाको निम्ती युवा संघ कुनै पनि ससरकार तथा नेपाली जनताको पक्षमा हाजिर हुन तयार रहेको बताउनुभएको छ ।
विप्लपको धम्कीले राज्य नचल्ने भन्दै देशमा आतंककारी गतिविधि गर्न विप्लपलाई कसले छुट दियो भनि प्रश्न समेत गर्नुभएको छ । सरकारले वार्ताको लागि पटक पटक प्रयास गर्दा समेत समस्या समाधान गर्न नचाहने अनि आतंककारी गतिविधिमात्र गर्ने विप्लपलाई उसको गतिविधिमा प्रतिवन्ध लगाउने निर्णय स्वागतयोग्य भएको समेत बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘अब वल विप्लव कै हातमा छ । के गर्छन् उनीहरुले हेर्न बाँकी छ । तर केही शान्तिको कुरा गर्ने साथीहरूले हिंसात्मक गतिविधिमाथि प्रतिवन्ध लगाउनुलाई गृहयुद्धको अर्थ लगाउँदै समाजमा हिंसा सहज अनुमोदन हुनुपर्छ भन्न खोज्नु भएको जस्तो अभिव्यक्ति दिरहनु भएको छ । यो के भन्न खोजेको हो रु हैनभने विप्लवले हत्या हिंसा गरिरहने सरकारले टुलुटुलु हेरेर बस्नु पर्ने ? NCELL माथि बम हान्दा निर्दोष मान्छे मरे, त्यो पनि सरकारले सहनुपर्ने ? रोहण गुरुङ माथि आक्रमण हुँदा पनि ठिक गरिस भन्नू पर्न रु कि हामीले भनौ विप्लव समुहको हत्या -हिंसा ठिक छ । हैन भने प्रतिबन्ध यो सरकारले चालेको बाध्यकारि कदम हो जस्तो लाग्छ मलाई । साथीहरूले थाहा पाउनु पर्छ । बिप्लव समुहसँग लामो समय सरकारी टोलीले वार्ता गरेको थियो । तर, हिंसा, लूटपाट, आगजनी, चन्दा असुली उसको छनौट बन्यो । सरकार र समाजले त्यसलाई नियन्त्रण गर्ने बाटो लिनु कसरी नाजायज रु फेरि शान्तिपूर्ण धारमा आउछु भने भने बार्ता गरेर प्रतिबन्ध हटाईदिए भै गो । बल उनीसंगै छ । यति बुझौ ।’










प्रतिक्रिया दिनुहोस्