समाचार

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, दर्जनौ घाइते



सप्तरी, २९ फागुन । सप्तरीमा गुड्दै गरेको मोटरसाइकलमाथि बस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् ।

बुधबार बिहान सप्तरीको सुरुङ्गा नगरपालिका–५, कुसहास्थित सुरुङ्गा पुल छेउमा गुड्दै गरेको को।२४प ६४२५ नम्बरको मोटरसाइकलमाथि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को।१ख ४९३४ नम्बरको बस पल्टेकोप्रहरीले जनाएको छ  ।

दुर्घटनामा परी मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–५ का मजबुल मियाँ र पछाडि सवार रामे पासवानको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा बसका एक दर्जनभन्दा बढी यात्रु घाइते छन् । घाइतेहरुको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका आफन्तले पोष्टमार्टमका लागि शव लगिएको भन्दै चक्काजाम गरि राजमार्ग अवरुद्व पारेका छन् ।