सम्पादकीय

पुल शिलान्यास प्रतिस्पर्धामा ओलीलाई हराउँदै माओवादी नेता



दमक, ६ माघ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ हुँदै मोरंगको राजघाट–९ जोड्ने बेतेनी-माँवा-आम्बारी पुल बुधबार नै माओवादी केन्द्रका नेतालले शिलान्यास गरेका छन् ।

आफूहरुको पहलमा पारेको योजनाको पुल एमाललेले थाहा नदिई उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी ‘गगन’ ले बुधबार शिलान्यास गरेका हुन् ।

पुल ओलीको पहलमा नभई आफूको पहलमा पारेको केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर ७ का इञ्चार्ज समेत रहेका पुरीको दाबी छ । ओलीले सोही पुल बिहीबार १२ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको थियो । शिलान्यास कार्यक्रममा बोल्दै पुरीले आफूहरुलाई खबरन नगरी एमालेले एकलौटी ढंगबाट पुलको शिलान्यास गर्ने तयारी गरेकाले आफूहरुले प्रतिकार गर्नु परेको बताए ।

उनले भने, ‘ओलीजी, यो देशको पूर्वप्रधानमन्त्री हो, यो पुल शिलान्यास गर्न उहाँलाई अधिकार छ, तर हामीले दुःख गरेर योजनामा पारेको पुलको शिलान्यासको खबर त कमसेकम हामीलाई हुनुपर्ने थियो । त्यो भएन त्यसैले यसको प्रतिकार स्वरुप पुलको शिलान्यास गर्नुपरेको हो ।’कार्यक्रममा बोल्दै पुरीले ओली शिलान्यासको ठेकेदार भएको आरोप लगाए ।

उनले आफूहरुले पारेको योजनामा ओलीले रजाई गरेको आरोप लगाउदै ठूला मान्छेले यस्तो हर्कत गर्न नहुने बताए । ओलीले एक पटक शिलान्यास भएको विकासे काम फेरी गर्दै हिडेको र शिलान्यास गर्न उनलाई अझै नपुगेको भन्दै पुरीले आक्रोश ब्यक्त गरे ।

शिलान्यास कार्यक्रममा सहभागी राप्रपाका दमक नगर सदस्य रामबहादुर बस्नेत र कांगे्रसका दमक १७ का सभापति राजकुमार गौतमले भने विकास निर्माणको काममा कसैलाई राजनीति नगर्न आग्रह गरे । उनीहरुले जसले शिलान्यास गरे पनि विकाशमा राजनीति गर्नु आफ्नै लागि दुर्भाग्य हुने बताए ।

एमालेले भने पुलको शिलान्यासले ओलीको कार्यक्रमलाई कुनै असर नर्पाने बताएको छ । आफूहरु पुलको योजना पार्नका लागि डेलिगेसनमा गएको एमाले दमक नगर इन्चार्ज अम्बिका खनालले बताए ।  पुरीले पुलको शिल्यान्यास गरेर आफ्नो उचाई गिराएको बताए । झापाको धेरै जसो विकाशका योजनाहरु एमालेले नै ल्याएको उनको दाबी रहेको अन्नपूर्ण पोष्टमा समाचार छ ।