समाचार

आगलागी हुँदा ७ लाखभन्दा बढीको क्षति



महोत्तरी, ३० फागुन । विद्युत सर्ट भई आगलागी हुँदा ७ लाखभन्दा बढीको क्षति भएको छ ।

बुधबार बिहान महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगर स्थित बिजुली ठाकुर बडहीको घरमा बिद्युत सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भने नभएको तर लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहना जलेर नष्ट हुँदा सात लाखभन्दा बढीको नोक्सान भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

स्थानीयबासी र सीतापुर प्रहरी चौकीको सहयोग आगो निमन्त्रणमा लिइएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।