काठमाडौँ, १ चैत । आज फ्राइडे रिलीज अन्तर्गत देश भरका हलमा ३ फिल्म ‘जानी नजानी’, ‘द म्यान फ्रम काठमाडौं’ र ‘पुरानो बुलेट’ प्रदर्शनमा आएको छ ।
‘जानी नजानी’
बसन्त अधिकारीको निर्देशनमा रहेको फिल्म जानी नजानीमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको यसमा अभिनय रहेको छ । प्रस्तुतकर्ता रोशनी केसीका अनुसार, फिल्ममा २ करोडको लगानी छ ।

द म्यान फ्रम काठमाडौं’
पेमा धोन्डुप निर्देशित फिल्म द म्यान फ्रम काठमाडौंमा हलिउड, बलिउडदेखि नेपाली कलाकारसम्मको अभिनय रहेको छ । विदेशी मार्केटलाई मध्यनजर गरेर निर्माण गरिएको यो फिल्म अंग्रेजी भाषामा खिचिएको भएता पनि नेपालमा भने नेपाली डब गरेर प्रदर्शन गरिएको छ ।

बलिउड अभिनेता गुलशन ग्रोवर, आना शर्मा, शिशिर बाङ्देल, अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको फिल्ममा अभिनय छ ।
‘पुरानो बुलेट’
भिषण राईको निर्देशनमारहेको फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।











प्रतिक्रिया दिनुहोस्