सम्पादकीय

मापसे जस्तै सडकमै ‘ड्रग टेस्ट’



लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने चालकहरु पनि अब प्रहरीको फन्दामा पर्ने भएकोछ । शुक्रबारबाट ट्राफिक प्रहरीले सडकमै ‘ड्रग युरिन टेस्ट’ सुरु गरेको छ ।

यस्तो जाँच मुलुक मै पहिलो पटक सुरु भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको अमलेखगञ्ज खण्डमा प्रदेश–२ अन्तर्गतको प्रदेश ट्राफिक कार्यालय पथलैयाद्वारा खटिएका ट्राफिक प्रहरीले शुक्रबार ‘ड्रग युरिन टेस्ट’ किट प्रयोग गरी सवारीचालकहरुले लागुऔषध सेवन गरे–नगरेको जाँच गरे । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।