काठमाडौँ, २ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुलाई नियमित रूपमा बजार अनुगमन गर्न आग्रह गरेका छन ।
शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले चाडबाडमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई आग्रह गरेका छन ।
उनले भने, “पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै नै बेथिति देखिएकाले यसको पनि नियमित अनुगमन गर्नुस्, आवश्यक परे मन्त्रालय सहयोग गर्न तयार छ ।”
मन्त्री यादवले सरकारले एक वर्ष काम गर्ने खाका तयार गरेको भन्दै आगामी चार वर्ष जनताको चाहनाअनुरुप काम गर्ने प्रतिवद्धता जनाएका छन ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवकोे हालसम्ममा १०५ व्यवसायको अनुगमन गरी कारवाही स्वरूप रु २५ लाख असुल गरेको छ ।










प्रतिक्रिया दिनुहोस्