समाचार

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ



काठमाडौं, २ चैत । प्रहरीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको गोठाटारस्थित सडकमा चेकिङ गर्ने क्रममा प्रहरीलाई घुस दिन खोज्ने बा ४५ प ९६३३ नम्बरको मोटरसाइकलमा सवार अर्जुन बुढाथोकी र मोटरसाइकल पछाडि बसेका भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीका अनुसार जाँच गर्ने क्रममा कागजपत्र साथमा नराखी चलाएकोले प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन लागेकाले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

उक्त घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।