एजेन्सी, २ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको ‘म पनि चौकीदार’ अभियान सुर गरेका छन
शनिबार सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गर्दै मन्त्री मोदीले अभियानको सुरुवात गरेका हुन ।
उनले भनेका छन, “तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन् । ”
चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरे झैं आफूले देशको संरक्षण गर्न चाहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्