दोलखा, ३ चैत । भिमेश्वर नगरपालिका वडा नम्बर ४ सार्केश्वाँराको एक टहरोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति आगलागी हुँदा जस्ताले बनेको अस्थायी टहरोमा बस्दै आएका ५७ वर्षीय खड्ग प्रसाद चौलागाईको मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता प्रदिप महतले बताएका छन ।
चौलागाईंको टहरा भित्र सुतेकै अवस्थामा जलेर मृत्यु हो भने आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्