गुल्मी, ४ चैत । गुल्मीमा भिरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ ।
आइतबार दिउँसो सोही स्थानकै स्याली भन्ने खरबारीमा दाउरा काटेर घरमा फर्किने क्रममा भीरबाट लडेर इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
लडेपछि उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ भने उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्