Banner News

सप्तरीका प्रजिअसहित चार सुरक्षाअधिकारीलाई फिर्ता बोलाइयो



काठमाडौं, २४ फागुन । राजविराजमा झडपका क्रममा मधेसी मोर्चाका तीनजना कार्यकर्ता मारिएपछि प्रमुख जिल्ला अधिकारीसहित चार सुरक्षा अधिकारीलाई गृहमन्त्रालयले फिर्ता बोलाएको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना, प्रहरी प्रमुख एसपी दिवेश लोहनी, सशस्त्र सिमा सुरक्षा कार्यालय सप्तरीका प्रमुख एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डिएसपी दानबहादुर खड्कालाई मन्त्रालयमा बोलाइएको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए ।