भक्तपुर, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताले तिरेको करबाट तलब खाएका कर्मचारीले राज्यको पद्धति र अनुशासनलाई नमानी विकास र समृद्धिको अभियानमा अवरोध गरे कारवाही हुने चेतावनी दिनभएको छ ।
सोमबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको स्थानीय तह, संघ तथा प्रदेश सरकारका कार्यालय र गैर सरकारी संस्थाहरुद्वार आ. व २०७५÷०७६ को प्रथम तथा द्वितीय चौमासिक अवधिमा संचालित योजना तथा कार्यक्रमहरुको चौमासिक समिक्षा वैठकका बोल्दै सांसद बस्नेतले कर्मचारीको सामान्य कमीकमजोरीका कारण जनतामा विभिन्न प्रकासका समस्या आउने गरेको भन्दै कमजोरीलाई सम्बन्धीत निकायले अनुरोधका रुपमा लैजाँदा पनि पुनः कमजोरी गरे कर्मचारीलाई कारवाहीको प्रकृया अघि बढ्ने बताउनुभयो ।
उहाँले काममा समन्वय नगर्नाले नै नेपाल इन्जिनियरिङ कलेजमा समस्या उत्पन्न भई अख्तियारमा नजरमा परेको भन्दै कुनै पनि काममा सम्बन्धीत निकायसँग समन्वय तथा सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको अनावश्यक काम गर्नेलाई नियन्त्रण गर्नुपर्ने बताउँदै कुनै पनि सरकारले राजयको नीति नियमभन्दा बाहिर गई अनावश्यक कार्य गर्नु नहुने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले आफ्नो अधिकारभन्दा बाहिर गई विभिन्न गतिविधिहरु गरेकोमा आपत्ती जनाउँदै त्यस्तका कार्यहरु रोक्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीसँगको समन्वय नै विकासरको मेरुदण्ड भएको बताउँदै सांसद बस्नेतले नयाँ संविधान निर्माणसँगै राज्यको पूनःसंरचना पश्चात तीनै तहका सरकारले विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो ।
जिल्लाको नामसँग मानवीय भावना जोडिएको बताउँदै उहाँले भक्तपुर जिल्लामा स्थानीय, प्रदेश तथा संघिय सरकारले प्रभावकारी ढंगले नै आफ्नो आफ्नो क्षेत्रबाट काम अघि बढाइरहेको बताउनुभयो । भक्तपुरमा समन्वय समिति तथा प्रजिअ लगायतका कर्मचारीहरु क्रियाशिल, रचनात्मक तथा प्रभाकारी ढंगले आफ्नो जिम्मेवारी निर्वाह गरिरहनुभएकोमा विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समितिलाई संविधानले नै विशेष अधिकार दिएर समतिले आफ्नो काम अघि बढाइरहेको बताउँदै सांसद बस्नेतले प्रमुख जिल्ला अधिकारीको भूमीका मुख्य हुने भएकाले संघिय सरकारको मातहतमा राख्ने व्यवस्था गरिएको जसको माध्यमबाट तीन तहको सरकारसँगको सहकार्य हुने बताउनुभयो । उहाँले भक्तपुर जिल्ला समन्वय समिती तथा प्रजिअको भूमिकाका सवालमा कहि कतै प्रश्न गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा केही मात्रामा खानेपानी, संरचना लगायतका समस्या रहेता पनि आगामी वर्ष समाधान हुने जानकारी गराउनुभयो । उहाँले सम्बन्धीत निकायको समन्वय अभावका कारण भौतिक पूर्वाधार निर्माणका सवालमा केही कुराहरु अभाव हुन गएको बताउँदै आगामी दिनमा समस्याको समाधान क्रमिक रुपमा हुने बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनले ढल हाल्ने काम ढिलाई गरेका कारण सडक तथा विभिन्न भौतिक संरचनाहरु निर्माण गर्न समस्याहरु उत्पन्न भइरहेकाले मेलम्ची आयोजनाले ढल हाल्ने कामलाई चाँडो गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद बस्नेतले भक्तपुरमा सडक निर्माण तथा विस्तारको काम तिव्र गतिमा अघि बढेता पनि विजुलीका पोलहरु नसारेका कारण काममा अवरोध आइरहेको बताउनुभयो । उहाँले सम्बन्धीत नगरपालिकाले आवश्यक विजुलीको पोल व्यवस्था गर्ने र आवश्यक ठाउँमा विद्युत प्राधिकरणले पोल सार्ने समझादारी भएता पनि सम्बन्धीत निकायले आफ्नो जिम्मेवारी बहन नगरेका कारण त्यसलाई व्यवहारमा लागु गर्न कठिन भइरहेको बताउनुभयो । विद्युतको पोल सार्ने कामको अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्