काठमाडौं, ५ चैत । रंङ्हरुको पर्व होलिमा जबरजस्ती लोला हानेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्न प्रहरीले जनाएको छ ।
आउदो बुधवार मनाइने होली पर्वमा काम विशेषले सडकमा निस्कनेहरुमाथि कसैले लोला हानेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् ।
एसएसपी लामाले काठमाडौंमा होली सुरक्षाका लागि मात्रै २ हजार २ सय प्रहरी परिचालन गरिने साथै कसैले इच्छा विपरित लोला हानेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्न समेत आग्रह गरेका छन ।
काठमाडौंको स्वयम्भुस्थित भुइँखेल चौर, भृकुटीमण्डप, सिफल चौर, गोंगबु बसपार्क, लैनचौर, ठमेल, क्षेत्रपाटी र सामाखुसी लगायतका १८ स्थानका होली विशेष कार्यक्रम गर्न अनुमति दिएको छ ।










प्रतिक्रिया दिनुहोस्