समाचार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



चितवन, ५ चैत । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति नारायणगढबाट पूर्वी चितवनतर्फ गइरहेको बा ९१ प ३४८ नम्बरको मोटरसाइकल केन्द्रीय बस टर्मिनल चोकको सडक डिभाइडरमा राति १ बजे ठोक्किदा खैरहनी नगरपालिका–१३ का ३४ वर्षीय कुमार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको भरतपुर अस्पतालमा उपचारका क्रममा राति साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।