समाचार

त्रिशुलीमा ट्रक दुर्घटना : एकको मृत्यु, चार जना घाइते



मुग्लिन, ५ चैत । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

ना६ख १४४ नं.को ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घाइतेमध्ये दुई महिला रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतकको परिचय खुल्न खुलेकोे छैन । ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो ।