काठमाडौँ, ७ चैत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले अनुभव तथा आधुनीकतालाई आत्मसात् गर्दै देशको विकास र समृद्धिमा वर्तमान सरकारले आफ्नो कार्यकालमा विकास र समृद्धिको कायापलट गर्ने दावी गर्नुभएको छ ।
विहिवार काठमाडौँमा आयोजित मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जनताले नेपाल कम्युनिष्ट पार्टी (नकेपा)लाई मुलुकको आवश्यकता, प्रतिकुलता र विशेषताको आधारमा अघि बढ्दै विकास गर्न दुई तिहाईको हाराहारीमा मत दिएको भन्दै उहाँले जनताको मतलाई सम्ममान गर्दै जनताको चाहना अनुसार नै विकासका ढोकाहरु खोलीएको बताउनुभयो ।
उहाँले विश्वमा नगन्य मात्रामा जनताले दिएको मतबाट तीनै तहमा दुई तिहाईको सरकार बनेको इतिहास रहेको भन्दै नेकपालाई जनताले झुक्किएर मत दिएको नभई कम्युनिष्ट पार्टी बुझेर भोट दिएको बताउनुभयो । उहाँले संविधान, कानुनको शासन, बहुदलीय प्रतिपर्धालाई मान्ने पार्टी नेकपा भएको बताउँदै विपक्षि केही दलले लगाउने गरेको अधिनायकवादी शब्द विकास र समृद्धिबाट आत्तीएकाले मात्र लगाउने गरेको बताउनुभयो । उहाँले वर्तमान नेकपाको सरका अधिनायकवादी नभई जनपक्षिय शक्तिको आधारमा अघि बढेको बताउनुभयो ।
देशमा विकास र समृद्धिको लागि शान्ति, अमनचयन अनिवार्य आवश्यकता रहेको बताउँदै मन्त्री पोखरेलले देशमा चन्दा, गुण्डा गर्दी, लुट, अराजकता, आतंककारी गतिविधि लगायतका कार्यहरुलाई निस्तेज बनाउने समेत बताउनुभयो ।
अनुभवि र आधुनिकतालाई आत्मसात गर्नु कम्युनिष्टको मूख्य जिम्मेवारी रहेको बताउँदै मन्त्री पोखरेलले अनुभव तथा आधुनिकतावादी सोच र दृष्टिकोण नभएका कम्युनिष्टले देशको नेतृत्व गर्न नसक्ने समेत बताउनुभयो ।
कुनै पनि काम वा विकासमा विचार र निष्पक्षता आवश्यक रहेको बताउँदै मन्त्री पोखरेलले नेकपामा विचार, दर्शन र विधीको आधारबाट जनताको बहुदलिय जनवादको स्थापना भएको बताउनुभयो ।
राष्ट्र, जनताको चाहना अनुसार पार्टी एकिकरण भएको बताउँदै उहाँले पार्टीले लिएको उचाइमा केही चुनौतिहरु रहेको बताउनुभयो । उहाँले चुनौतिलाई समाधान गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा रही एक ढिक्का भई विकास र समृद्धिको बाटोमा अघि बढ्न सवैलाई आग्रह समेत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्