Banner News

देशको हित नचाहने तत्वले सरकारद्वारा विप्लव समूहमाथि लगाएको प्रतिवन्धको विरोध : प्रम ओली



बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवलाई विध्वंसात्मक गतिविधि नगर्नु भन्दा चित्त दुखाउने देशको हित विपरित रहेको बताउनुभएको छ । उहाले देशको हित नचाहने तत्वले सरकारद्वारा विप्लव समूहमाथि लगाएको प्रतिवन्धको विरोध गरेको बताउनुभयो ।

रुपन्देहीको भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा आउन अपील गर्नुभयो । विप्लव समूहले विध्वंसात्मक गतिविधि नछाडेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विप्लवलाई त्यसो नगर्नू भन्दा चित्त देखाउनेहरु पनि छन्, उनीहरु देशको हितमा छैनन् ।’ सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको बताउँदै विप्लवले पनि देशको संविधानलाई स्वीकार गर्दै आतकंकारी गतिविधि त्यागी राजनीीतक मुलधारमा आई लोकतान्त्रीक पद्धतिबाट चुनावी प्रतिपर्धामा आउन आग्रह समेत गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । नेकपा अध्यक्षसमेत रहेका ओलीले भन्नुभयो, ‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिकरुपमा टुंगिएका छन्, स्थानीय तहको एकता पनि आकिस्मकरुपमा नै टुंगिनेछ ।’

प्रधानमन्त्री ओलीले निर्माणाधीन विमानस्थलको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशनसमेत दिनुभएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको समेत उहाँले जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।