राजनीति

सामाजिक सञ्जालका अपराधिक गिरोहलाई कडा कारवाही गर्नुपर्छ : अध्यक्ष पौडेल



काठमाडौँ, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले सामाजिक सञ्जालमा अपराधिक गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटर लेख्दै विभिन्न अपराधित गिरोह र हामी नेपाली नामक फेसबुक ग्रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो इडित गरी गलत सन्देश प्रवाह गरेको भन्दै कडा आपत्ती जनाउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘विभिन्न अपराधीक गिरोह र हामी नेपाली नामक फेसबुक पेजले सम्माननीय रास्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूको फोटोहरु इडिट गरेर गलत सन्देश प्रवाह गर्ने गरि स्टाटस र फोटोहरु सार्वजानिक गरिरहेको हुँदा तत्काल उक्त गलत कार्य गर्ने व्यक्ती र समुहलाई हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायलाई बिनम्र अनुरोध गर्दछौ । सामाजिक सञ्जाल संचालन विधि वनाएर यस्ता अमर्यादित अपमानजनक र अपराधीक कर्ममा लागेको जो कोही व्याक्ती अथवा समुहलाई कानुनी दायरामा ल्याउन सरकारसंग हामी जोडदार माग गर्दछौं ।’