समाचार

मलेसियामा अलपत्र नेपालीलाई स्वदेश फर्काइयो



काठमाडौँ, ९ चैत । मलेसियामा अलपत्र परेका १६ नेपालीहरुलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ ।

दूतावासका अनुसार गत फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ जना र बिहीबार जोहरवारु घर फिर्ती केन्द्रबाट १० जना नेपालीको उद्धार गरी नेपाल पठाइएको जनाएको छ ।

हवाई टिकटको खर्चसमेत व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका उनीहरुलाई दूतावासले उद्धार गरी स्वदेश फर्काएको हो ।

नेपालीको उद्धार गर्ने बहानामा पीडितको परिवारबाट ठूलो रकम उठाउने र रकम लिई सम्पर्कविहीन हुने घटना बढेको भन्दै दूतावासले अपरिचत र अनधिकृत व्यक्तिलाई आफन्त उद्धार गर्ने नाममा नेपालमा रकम नबुझाउन अनुरोध गरेको छ । मन्त्रालय

दूतावासले कारागारमा परेका व्यक्तिको कानूनी उपचारमा लाग्ने खर्च नेपालबाट पठाउँदा परराष्ट्र मन्त्रालयमार्फत पठाउन समेत आग्रह गरेको छ ।