एजेन्सी, ९ चैत । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी साँठगाँठबारे छानबिन गर्न गठित विशेष काउन्सिलले प्रतिवेदन बुझाएको छ ।
सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी साँठगाँठबारे विशेष काउन्सिलर रोवर्ट मुलरले बहुप्रतिक्षित रिपोर्ट महान्यायाधिवक्ता विलियम बारलाई बुझाएका हुन् ।
उक्त निर्वाचनमा रुसले ट्रम्पलाई सघाएको आरोप विपक्षीले लगाएपछि त्यसबारे छानबिन गर्न २२ महिना लामो अध्ययनपछि प्रतिवेदन बुझाएको हो ।
बीबीसीका अनुसार मुलरले बुझाएको प्रतिवेदन महान्यायाधिवक्ताले अध्ययन गर्नेछन् । प्रतिवेदनको संक्षेपीकरण गरेर उनले संसदमा पेस गर्नेछन् ।
ट्रम्पले भने यो छानबिनलाई हास्यास्पद भएको टिप्पणी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्