Banner News

सरकार सामाजिक न्यायसहित समानताको पक्षमा : प्रधानमन्त्री ओली



काठमाडौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा रहेको बताएका छन ।

शनिबार गीतकार एवं पूर्व प्रधानमन्त्री जे.एन.खनालको गीति एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले अमूर्त समृद्धि र औषत सुखमा विश्वास नगर्ने बताएका छन् ।

उनले भने, ‘हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विश्वास गर्दैनौं ।, ‘हरेक व्यक्तिले महसुस गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं । सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा छ ।’

प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताउदै उनले भने, ‘हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ ।,’ ‘विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ ।’