काठमाडौँ, १० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा अन्त्य गर्न महिला आफैँ क्रियाशील र सशक्त हुन आवश्यक रहेको बताएकी छन ।
शनिबार महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताएकी छन ।
उनले भनिन, ‘समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै गइरहेका छन्, त्यसको अन्त्यका लागि महिला आफैँ क्रियाशील र सशक्त भएर लाग्नु आवश्यक छ ।’
महिलाको सोच, चिन्तन र व्यवहारमा अझै परिवर्तन आवश्यक रहेको बताउदै सरकारले संविधानको मर्मबमोजिम झण्डै १६४ कानूनलाई संशोधन गरेको मन्त्री थापा जानकारी दिएकी छन ।










प्रतिक्रिया दिनुहोस्