काठमाडौं, १० चैत । आइतबार दिउँसो १ बजेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालले मधेस आन्दोलन लगायतका आन्दोलनमा भएको घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको हो ।
राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले पटक पटक आश्वासन दिए पनि गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरेकाले आजको संसद बैठक पनि अवरुद्ध गर्ने बताए ।
त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्