राजनीति

राष्ट्रियसभाद्वारा विज्ञापन नियमन विधेयक पारित



काठमाडौं, १० चैत । राष्ट्रियसभाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई पारित गरेको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई संसोधनसहित बहुमतले पारित गरेको हो ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनको १ देखि १६ सम्मका संशोधित बुँदा सहित विधेयक पारित भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कानुनबाट नै बाध्यकारी बनाउनका लागि सजायको व्यवस्थालाई त्यही ढंगले राखिएको र आवश्यकता अनुसार  संशोधन गर्दै लैजान सकिने बताए ।