काठमाडौँ, १० चैत । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले सअघि कायम रहेको स्वास्थ्य परीक्षण सम्बन्धी सिण्डिकेट समाप्त भएको बताएका छन ।
मलेसिया सरकारले पठाएको स्वास्थ्य परीक्षण सम्बन्धी मापदण्ड मन्त्रालयमा प्राप्त भएको र अब दुवै देशका विज्ञहरुको टिमले सातै प्रदेशका सरकारी र निजी अस्पतालसहितका स्वास्थ्य संस्थाहरुको छनौट गर्ने मन्त्री विष्टले बताएका छन ।
मलेसिया सरकारले स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्ड पठाउने र नेपालले सोहीबमोजिम सरकारी अस्पतालसहित मेडिकलहरु छनौट गर्ने र मन्त्रालयले स्वास्थ्य मन्त्रालयसहित सबैसँग छलफल गरेर सूचना आह्वान गर्ने मन्त्री बिष्टले बताएका छन ।
मलेसियाले शुक्रबार नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि आवश्यक मापदण्ड नेपाल सरकारलाई पठाएको छ । मलेसिया सरकारले मापदण्ड पठाएसँगै अब करिब १० महिनादेखि रोकिएको मलेसियाको रोजगारीको बाटो खुल्ने भएको छ ।
स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाका कुनै पनि काममा नेपाली कामदारले पैसा तिर्नु नपर्ने सम्झौता यसअघि नै भइसकेको छ । अब स्वास्थ्य परीक्षण खुलेसँगै मलेसिया कामदार पठाउने प्रक्रिया पनि सुरु हुने श्रम मन्त्रालय स्रोतले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्