समाचार

आगलागीमा परेर एक बालिकाको मृत्यु



दाङ, ११ चैत । दाङमा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिनाकी छोरी संगिताको मृत्यु भएको हो ।

हिमालका ३ वर्षीय छोरा अमितले खेल्ने क्रममा सलाई काेरेर फाल्दा सुतिरहेकी संगिताको कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा बुुटवल प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।