काठमाडौं, १२ चैत । निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेशकुमार थपलिया थपलियालाई सिफारिस गरेको छ ।
सोमबार बसेको संवैधानिक परिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।
आजको बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित रहेपनि बहुमतका आधारमा निर्णय लिएको छ । वर्तमान प्रमुख आयुक्त अयोधिप्रसाद यादवले आइतबार अवकाश लिएका थिए ।
सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव रहेका थिए ।










प्रतिक्रिया दिनुहोस्